बुधबार, फागुन ९, २०८०

लकडाउनका बेला सवारी पास घरबाटै लिन सकिने

  
कर्णाली टाइम्स बुधबार, बैशाख ३, २०७७

सुर्खेत। जिल्ला प्रशासन कार्यालयहरुले लकडाउनका समयमा अत्यावश्यक अवस्थामा सवारी पास लिँदा कार्यालयमा भीडभाड भएपछि सरकारले घोषणा गरेको लकडाउन उलंघन हुने भएकोले अवस्था आएपछि घरमा बसेर मोबाइलबाटै इ–पास लिन सकिने व्यवस्था गरिएको छ ।

नेपाल सरकार गृह मन्त्रालयले सफ्टवयर निर्माण गरी मंगलबार सार्वजनिक गरेको थियो । बुधबार देखि देशैभरी यो सुविधा लागु भएको छ । पास वितरणलाई प्रभावकारी र चुस्त बनाइएको उल्लेख गर्दै प्रशासनले अनावश्यक रूपमा आवेदन नदिन सबैमा आग्रह गरेको छ ।  उपस्थित भएर सवारी पास दिईरहँदा यस्तो पास वितरण प्रणालीले चाप र जोखिम दुवै बढ्ने भएसँगै अनलाइनबाटै ई–पास वितरण गर्ने व्यवस्था मिलाएको हो । अत्यावश्यक रूपमा कसैलाई सवारी पास चाहिएमा अब उप्रान्त ई–पासको व्यवस्था मिलाइएको छ ।

सवारी पासका लागि जिल्ला प्रशासन कार्यालय अगाडी भिडभाड भएर सरकारले लागु गरेको लकडाउन समेत उलंघन हुने स्थिति बनेपछि घरबाटै मोवाईलको सिस्टमबाट समेत निवेदन पेश गर्न सक्ने व्यवस्था गरेको छ । मोवाईलबाट १११२ मा एसएमएस पठाउने, उक्त एसएसपछि हजुरहरुको मोवाईल इनबक्समा www.epass.moha.gov.np लिङक आउनेछ । उक्त लिङक खोली मागेको विवरणहरुमा लिङकमा अनुरोधर्ताको विवरण भर्नुपर्नेछ ।
तोकिएको विवरण अनुसार फारम भरेर सेन्ड गरेपछि पास वितरण मापदण्ड अनुसार पास दिने वा नदिने निर्णय हुनेछ । अस्वीकृत भए जानकारी प्राप्त हुनेछ भने स्वीकृत भएको अवस्थामा कोर्ड नम्बर मोवाईल इन्बक्समा आउनेछ । त्यो नै तपाईको कोर्ड नं. सवारी पास अनुमति हुनेछ ।