बुधबार, माघ ९, २०८१

लकडाउनमा प्रहरीको ज्यादति, पत्रिका वितरक कुटिए

  
कर्णाली टाइम्स बुधबार, बैशाख ३, २०७७

सुर्खेत । सुर्खेतमा रहेर विभिन्न पत्रिका वितरण गर्दै आएका प्रकाश आचार्य बुधबार दिउँसो प्रहरीद्वारा निर्घाट कुटिएका छन् । लाटीकोइली रोडमा घर नजिकै चिनी किन्न निस्केका उनलाई दुईजना प्रहरीले कुटका हुन् ।
आचार्यका अनुसार चिनी किन्नको लागि घर नजिकैको पसलमा पस्न खोज्दा मोटरसाइकलमा आएका दुईजना प्रहरीले लठ्ठीले कुटेका थिए । कुटपिट गरेर मोटरसाइकलमा आप्mनो बाटो लागेको उनले बताए । ‘घरको आडैमा रहेको पसलमा चिनी लिन भनेर आधा खोलिएको सटरबाट भित्र पस्न लागेको थिएँ, एक्कासि आएर आमागाली गर्दै कुटपिट गर्न थाले,’ उनले भने, ‘अनाहकमा कुटेपछि उनीहरु मोटरसाइकलमा आप्mनो बाटो लागे ।’ आचार्यको हात, खुट्टा र ढाडमा चोट लागेको छ । खुट्टाको घाउमा टाँका लगाइएको उनले बताए ।


सुर्खेतका एसपी डिल्लीराज पन्तले यस घटनाबारे जानकारी नआएको बताए । सुर्खेतमा पछिल्लो समय लकडाउन कार्यान्वयन गराउने क्रममा प्रहरीबाट सर्वसाधारणमाथि दुव्र्यवहार हुने गरेको स्थानीयको आरोप छ । घरको आँगनमा निस्किएका व्यक्ति, जरुरी काम परेर हिँडेका मान्छेलाई पनि दुव्यर्वहार गर्ने गरिएको जनगुनासो रहेको छ ।