सोमवार, मंसिर १७, २०८१

र्यापिट टेस्ट गर्दा मुगुका एक जनामा देखियो कोरोना पोजिटिभ, थ्रोट स्वाब जाँच सुर्खेतमा गरिने

  
कर्णाली टाइम्स बिहीबार, बैशाख ४, २०७७

सुर्खेत । मुगुको खत्याड गाउँपालिकामा कोरोना संक्रमणको द्रुत परीक्षण (र्यापिट टेस्ट)मा एक जना व्यक्तिमा मा पोजेटिभ नतिजा देखिएको छ ।
मुगुको खत्याड गाउँपालिकामा बिहिबार भारतबाट आएका ५५ जनाको ¥यापिड टेस्ट गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी निरौलाले र्यापिट टेस्ट गर्दा एक जनामा पोजेटिभ देखाएको र पिसिआर गरेपछि मात्र थप पुष्टी थाहा हुने बताए ।
निरौलाका अनुसार पोजेटिभ देखिएका व्यक्ति चैत्र १ गते भारतबाट आएका व्यक्ति हुन् । उनी होम क्वारेन्टाइनमा रहेका छन् ।
पोजेटिभ देखिएका व्यक्तिको पिसिआर परीक्षणका लागि थ्रोड स्वाब सुर्खेत पठाउन लागिएको छ ।
खत्याड गाउँपालिकाको तथ्याङ्कमा भारतबाट मात्र एक सयभन्दा बढी व्यक्ति गाउँपालिकामा आएका छन् ।