शनिबार, भदौ २९, २०८१

नेवि संघ सुर्खेतले एकसय ९७ विद्याथीलाई रिचार्ज दिएर मनायो स्थापना दिवस

  
कर्णाली टाइम्स शनिबार, बैशाख ६, २०७७

सुर्खेत । कोरोना भाइरसका कारण नेपालमा जारी बन्दाबन्दीका बिच नेपाल विद्यार्थी संघ सुर्खेतले कर्णालीका एकसय ९७ विद्याथीलाई रिचार्ज दिएर आफ्नो ५१औं स्थापना दिवस मनाएको छ। बन्दाबन्दीका कारण सभा समारोहको आयोजना नगरि कर्णाली प्रदेशको राजधानी विभिन्न जिल्लाबाट अध्यनका लागि आएका तर रिचार्ज हाल्न नसकेर समस्यामा परेका विद्यार्थीलाई एकसय रुपैयाँको मोबाईल रिचार्ज उपलब्ध गराएर स्थापना दिवस मनाइएको हो।
सुर्खेत उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष एवं सुर्खेत सञ्चार प्रालिका सञ्चालक हर्ष बिक्रम खड्काले एकसय ९७ जना बिद्यार्थीहरु लाई एकसय रुपैयाँका दरले र १९ हजार ७०० बराबरको रिचार्ज उपलब्ध गराएका हुन् ।
सामाजीक सञ्जाल फेसबुक मार्फत सुचना सम्प्रेषण गरि रिचार्ज कार्ड आवश्यक बिद्यार्थीहरुको नम्बर संकलन गरि उक्त रिचार्ज उपलब्ध गराइएको नेपाल विद्यार्थी संघ सुर्खेतले जनाएको छ।
नेपाल विद्यार्थी संघ सुर्खेतका अध्यक्ष गौतम बिसीले अत्यन्तै जटिल परिस्थितिमा  रिचार्जले पनि केहि राहत विश्वास व्यक्त गरे ।