सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरसको परीक्षण गर्न हालसम्म दुई हजार ७ सय २४ जनामा ¥यापिड टेष्ट गरिएको छ । टेष्ट गर्दा मुगुका एक जना बाहेक अन्य सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कर्णालीका दश जिल्लामध्ये डोल्पामा भने हालसम्म ¥यापिड टेष्ट सुरु हुन सकेको छैन भने किट अभावका कारण सल्यानमा ¥यापिट टेष्ट रोकिएको छ ।
लकडाउनले डोल्पामा प्लेन नजाने र गाडीबाट चैतमै डोल्पा ¥यापिड डेष्ट किट पठाएकोले एक दुई दिनमैं टेष्टको काम सुरु हुने कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीले जानकारी दिइन् ।
भौगोलिक विकटताका कारण डोल्पामा ¥यापिड टेष्ट सुरु गर्न ढिलाइ भएको र सल्यानमा भने किट अभावका कारण तत्काललाई ¥यापिड टेष्ट रोकिएको निर्देशनालयको भनाइ छ ।
प्रदेश स्वास्थ्य निर्देशनालले प्रदेशमा ५ हजार किट आएको बताउँदै प्रत्येक जिल्लामा विदेशबाट फर्किएका नागरिकको तथ्याङ्कको आधारमा किट पठाएको जनाएको छ । आवश्यकताका आधारमा सल्यानमा किट पठाउन सकिने निर्देशनालयको भनाइ छ ।
कर्णाली टाइम्स
शनिबार, बैशाख ६, २०७७