आइतवार, मंसिर ३०, २०८१

कर्णाली सरकारको विपद् व्यवस्थापन कोषमा सेञ्चुरी बैंकको पाँच लाख सहयोग

  
कर्णाली टाइम्स आइतवार, बैशाख ७, २०७७

सुर्खेत । सेञ्चुरी कमरसियल बैंक सुर्खेत शाखाले कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई मध्यनजर गर्दै पाँच लाख रुपैयाँ कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा जम्मा गर्नका लागि सहयोग गरेको छ ।
आइतबार सेञ्चुरी बैंक कणाली प्रदेशका प्रमुख धर्मराज श्रेष्ठले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई उक्त रकम बाफतको चेक हस्तान्त्रण गरेका हुन् ।
बैंकले यस्तो विपद्को घडीमा आफ्नो सामाजिक उत्तरदायित्व स्वरुप उक्त रकम उपलब्ध गराएको सेञ्चुरी बैक सुर्खेत शाखाका प्रबन्धक विश्व भारतीले बताए ।
चेक हस्तान्त्रण कार्यक्रममा सेञ्चुरी बैक सुर्खेत शाखाका प्रबन्धक विश्व भारती, मुख्य मन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्मा लगायतको उपस्थिति रहेको थियो ।