शनिबार, भदौ २९, २०८१

दाङबाट आएका जुम्ली मजदुरका पिडा ‘चार दिनसम्म चाउचाउ खाएर बस्यौं’

  
कर्णाली टाइम्स आइतवार, बैशाख ७, २०७७

जगतदल जनाला विक
सुर्खेत । जुम्लाको सिंजा गाउँपालिका–५ का वीरपति रोकाय गलैंचा ब्यापारका लागि पुसमा दाङ गए । दाङमा उनले चार महिना सम्म ब्यवसाय गरे । कोरोना भाइरसको महामारीका कारण सरकारले लकडाउन ग¥यो । उनले उधारोमा बिक्रि गरेका गलैंचाको पैसा पनि उठेन । उनकी श्रीमती शोभाकला रोकायलाई फोक्सोको क्यान्सर भएकोले उपचारका लागि बेला–बेला चितवन जानुप¥थ्यो ।
अलिअलि भएको पैसा पनि उपचारमा खर्च भयो । उधारोमा बिक्रि गरेको सामानको पैसा पनि उठेन । घरभेटीले पनि यस्तो बेला बस्न नदिने भने । उनको परिवार र जुम्लाबाट ब्यापारमा गएका अन्य ६ जनालाई समस्या भयो ।
‘चारदिन सम्म खाना खान नपाएपछि राहतका लागि त्यहाँका जनप्रतिनिधिसँग गएपनि फरक क्षेत्रको भनि राहत पनि दिएनन्,’ वीरपतिले भने,’ गलैंचा लिने साहुसँग ऋण मागेर आठ जना दुईवटा एम्बुलेन्समा आयौं ।’
क्यान्सलको बिरामी त्यसमाथि पनि चार दिनसम्म पनि खान खान नपाउँदा थप समस्या भएको वीरपतिकी श्रीमती शोभाकला रोकायले बताइन् ।
‘आफु क्यान्सरकी बिरामी चार दिनसम्म चाउचाउ खाँदा उल्टै बिरामी भएँ,’ शोभाकलालले भनिन्, ‘सरकारले सबैलाई एउटै व्यवहार नगरिदिए हामीले यति दुःख पाउन पर्थेन ।’
कोरोनाले के गर्ला भन्न सकिन्न, तर यो गर्मीमा यही अवस्थामा आफुहरु जस्ता बिरामीहरुले बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्ने रोकायको भनाई छ ।
यसरी लकडाउनका बेला खान समेत नदिएर उल्टै यहाँ मिल्दैन आफ्नो ठाउँमा जाउ भनेर स्थानीय तहले भन्दा आफुहरु जस्ता कैयौं ज्येष्ठ नागरिकले सास्ती भोग्नुपरेको जेष्ठ नागरिक माङ्ले रोकायले गुनासो गरे । ‘हामी जनता त सबैका हौं त, तर हामी भोकै छौं भनेर जाँदा यहाँ मिल्दैन भने,’ माङ्लेले भने, ‘बरु भोकै मरेपनि आफ्नै प्रदेशमा मरौंला भनेर आयौं अहिले राम्रै भयो ।’
घरभेटीले समेत यस्तोबेला घरमा बस्न नदिएपछि वीरपतिको परिवार र सिंजाकै अन्य ६ जना दाङबाट आइतबार वीरेन्द्रनगर सम्म एम्बुलेन्समा आए ।


‘बिरानो ठाउँमा खाने अन्न नभएपछि बाध्यतावस साहुसँग २२ हजार ऋण मागेर दुई जना बिरामीलाई दुईवटा एम्बुलेनसमा राखेर हामी आठ जना आयौं,’ सिंजाकै अर्का मजदुर सौरे रोकायले भने,सरकारले लकडाउन घोषणा गरेसँगै कमाइको बाटो त बन्द भयो नै, पेट भर्ने मेसो पनि बन्द भएपछि हामी बिचल्लीमा परेका हौं ।’
कर्णाली प्रदेशका विभिन्न राजमार्गमा लकडाउन घोषणा गरिएको केही दिनपछि पैदल यात्रा गरेर घर पुग्न खोज्नेहरू दिनहुँ सयौँको संख्यामा भेटिने गरेका छन् ।
आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको पहलमा उनीहरुलाई उद्दार गरि वीरेन्द्रनगरमा राखिएको छ । आइतबार वीरेन्द्रनगरले बागीना समुहको हलमा राखिएको र खानाको व्यवस्था गरि सोमबार उनीहरुलाई सिंजा गाउँपालिका लिने तयारी भएको वीरेन्द्रनगर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भुपेन्द्र गिरीले जानकारी दिए ।