कर्णाली टाइम्स
आइतवार, बैशाख ७, २०७७
सुर्खेत । मुगुको खत्याड गाउँपालिकामा बैशाख ४ गते कोरोना संक्रमणको द्रुत परीक्षण (र्यापिड टेस्ट) मा पोजेटिभ नतिजा देखिएका एक जनामा व्यक्तिमा पीसिआर जाँच गर्दा नेगेटिभ देखिएको छ । यो सँगै कर्णालीमा हालसम्म एक जनामा पनि कोरोना देखिएको छैन ।
मुगुको खत्याड गाउँपालिकामा बिहिबार भारतबाट आएका ५५ जनाको ¥यापिड टेस्ट गरिएको थियो । र्यापिड टेस्ट गर्दा एक जनामा पोजेटिभ देखाएको र आज पिसीआर गरेपछि नेगेटिभ देखिएको प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।
उनका अनुसार पोजेटिभ देखिएका व्यक्ति चैत्र १ गते भारतबाट आएका व्यक्ति हुन् । उनी होम क्वारेन्टाइनमा रहेका छन् । उनको थ्रोव स्वाबको परिक्षण प्रदेश अस्पताल कालागाउँमा गरिएको थियो ।