शनिबार, कार्तिक २४, २०८१

राहत ल्याउन वडामा जाँदा नागरिकता माग्छन् तर उनी एक कल फोनमा खाद्यान्न लिएर घरमा पुग्छन्

  
कर्णाली टाइम्स बिहीबार, बैशाख ११, २०७७

जगतदल जनाला विक
सुर्खेत ।
लकडाउन सुरु भएको पाँचौ दिन चैत १५ गते सबै पसलहरु बन्द थिए । दैनिक मजदुरी गरेर खाने विपन्न समुदायलाई खाद्यान्नको समस्या देखिन थालिसकेको थियो ।
सहयोग गर्ने उद्देश्यका साथ नगरपालिका, वडापालिका, प्रहरी, प्रशासन सँग कलाकार तथा समाजसेवी हरि विष्ट समन्वय गर्न थाले ।

नगरले वडा, वडाले प्रहरी, प्रशासनले फेरि नगरसँग समन्वय गर्नु उनलाई सिकाइयो तर त्यसो गर्दा सम्म उनले आपतमा परेका नागरिकलाई सहयोग गर्न पाएनन् ।
नगरपालिका र प्रशासनले पनि सरकारको नीति अनुसार एकद्धार प्रणलीबाट राहत बाँड्नुपर्ने र व्यक्तिगतरुपमा सहयोग गर्न नमिल्ने निर्णय ग¥यो ।
त्यसपछि उनलाई सहयोग गर्न झनै समस्या भयो । सुरुवातमा उनले प्रहरीलाई पानी, स्वास्थ्य सामग्री र चाउचाउ वितरण गरे ।

उनलाई चिनेजानेका मानिसहरुको फोन आउन सुरु भइसकेको थियो । हाम्रो घरमा खाद्यान्न सकियो सहयोग गर्नुप¥यो भनेर । अनि उनले समस्यामा परेका नागरिकलाई आफ्नो व्यक्तिगत नम्वरमा फोन या म्यासेज पठाउन अनुरोध गर्दै फेबुकमा पोष्ट गरे ।
प्रहरी र नगरपालिकाबाट उनले लुकीछुपी अप्ठारोमा परेकालाई सहयोग गर्न थाले ।
बिहान सात बजेदेखि साँझ आठ बजेसम्म आफ्नै गाडीमा खाद्यान्न राखेर म्यासेज र फोन आएका व्यक्तिहरुलाई सहयोग गर्दै हिंड्छन् ।

यो समयमा खाद्य संकटमा परेका विपन्न नागरिकहरु आफ्नो भोक मेटाउने देवता भन्दै आशिर्वाद दिन्छन् ।
उनले वितरण गर्ने खाद्यान्न लिने मध्येका एक परिवार हुन् धनसिंह रावत र पानकली बुढा । जुम्लाको तातोपानी गाउँपालिका बस्ने रावत र बुढा दुबै जना दृष्टिविहिन छन् । उनका दुइवटी छोरी पढाउनका लागी उनीहरु वीरेन्द्रनगर–५ गणेशचोकमा भाडामा बस्दै आएका छन् । उनीहरुको आम्दानीको स्रोत भनेकै सरकारले दिने सामाजिक सुरक्षा भत्ता हो ।
त्यो पैसा पनि सकिएपछि लकडाउनमा बिहान बेलुकाको छाक टार्न समेत उनीहरुलाई समस्या भयो । आफुहरुको चुलोमा आगो बल्ने अवस्था नभएपछि उनीहरु विभिन्न संघ संस्था र वडा कार्यालय पनि नधाएका होइनन् ।

‘सरकारले वडा कार्यालयमार्फत राहत त वितरण गरिरहेको छ । तर, नागरिकता देखाउनुपर्छ । आफ्नो नागरिकता दिएर मात्र पुग्दैन, घरबेटीको नागरिकता र साइन पनि चाहिन्छ,’ पानकलीले भनिन्, ‘घरबेटीले नागरिकता दिन नमान्दा राहत पाउनबाट वञ्चित भएँ । तर उहाँलाई एक कल फोन गरेककी थिएँ एक प्याक चामल, नुन, तेल र दाल ल्याएर पु¥याउनु भयो ।’

एक छोरी र दुई नातिनी सहित बसेकी वीरेन्द्रनगर–१२ भाडामा बस्दै आएकी सिता सारुको आयआर्ज हुने माध्यम भनेकै गिट्टी हो । लकडाउन भएसँगै त्यो पनि बन्द भयो । छोरा भारतमा वेपत्ता भएको पनि पाँच वर्ष भयो । नातिनी, आफु र छोरीसहितको पाँच जना परिवारलाई के खुवाएर पेट भर्ने चिन्ता भएपछि विष्टलाई फोन गरिन् ।
बिष्टले उनलाई केही दिनसम्म पुग्ने खाद्यान्न दिए र फेरि समस्या प¥यो भने आफूलाई फोन गर्नु भनेर फर्किए ।
वीरेन्द्रनगर–८ मा बस्दै आएकी ६० वर्षीया पञ्ची नेपालीको आँखामा मोतिबिन्दुको समस्यो छ । पञ्ची परिवार पाल्न त्यही आँखासँग ज्याला मजदुरी गर्थिन् । आजभोली काम बन्द भएपछि खाना नखाएको तीन दिनसम्म खाना खान नपाएपछि विष्टको घरमैं पुगिन् विष्टले आवश्यक खाद्यान्न दिएर आँखाको उपचार पनि गरिदिने प्रतिवद्धता जनाए ।

वीरेन्द्रनगर–२ मा बस्ने भक्तबहादुर पौडेल वर्षौंदेखि ह्विलचियरमा बसेर साँघुरो आँगनमा आफ्नो दैनिकी बिताइरहेका छन् । अहिले उनको कम्मरभन्दा मूनिको भाग चल्दैन ।
दुई सन्तानसहित अशक्त बनेका श्रीमानलाई पाल्न श्रीमती सरिता गुरूङ पौडेलले लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्न समेत नपाएपछि छाक टार्नै मुस्किल भयो । अनि बिष्टले भक्तबहादुरको घरमै गएर आवश्यक खाद्यान्न हस्तान्त्रण गरे ।

धन बहादुर, पानकली, सिता, पञ्ची र भक्तबहादुर मात्र होइन लकडाउनका कारण छाक टार्ने जोहो गर्न नसकेको कयौंलाई नगद, खाद्यान्न र सहयोग गर्दै आएका छन् ।
लकडाउन भएयता बिष्टले व्यक्तिगत रूपमा नै खाद्यान्न सहयोग गर्ने गरेका छन् । कतिपय बाटोमा अलपत्र परेका नागरिकलाई समेत उनले उद्दार गरी घर पु¥याउने गरेका छन् । बन्दाबन्दीका कारण स्थानीयले भोग्नुपरेको समस्यालाई आफ्नो खाने गास बटाएरसक्दो सहयोग गर्नेे बिष्टले बताएका छन् ।

‘लकडाउनका कारण मजदुर, अपांगता भएका व्यक्तिको परिवार, विद्यार्थीलाई खाद्यान्नको ठूलो समस्या छ,’ बिष्टले भने, ‘यस्तो समस्या भएकाहरूले फोन गर्न भनेर मेरो फेसबुकमा फोन नम्बर राखेको छु, यसमा फोन आउँछ । म्योसेजमा ठेगाना पठाउन भन्छु, अनि सहयोग गर्न जान्छु ।’
अरूलाई यसरी सहयोग गर्न पाउँदा एकदमै खुशी मिल्छ । मनमा शान्ति छाउँछ । भगवानलाई ढोग्न हामी मन्दिर जान्छौं । तर, हामीले आफुले सक्ने सहयोग अरूलाई ग¥यौं भने भगवान हामी भित्रै हुन्छन्, विष्टले भने ।

उनले अहिलेसम्म ८० भन्दा बढी परिवारलाई खाद्यान्न सहयोग गरिसकेका छन् ।
बाहिर जिल्लाबाट आएर डेरा गरी बसेका विद्यार्थी, रिक्सा चलाएर जिविकोपार्जन गरिरहेका, विभिन्न दैनिक ज्यालामा मजदुरी गर्ने मजदुर, दीर्घरोगी, अपांग, विपदबाट पीडित, बेसहारा जस्तालाई लकडाउनका बेला खाद्यान्न सहयोग गर्ने गरेको बिष्टले बताए ।
विष्टकै पहलमा चिङगाड गाउँपालिकामा तरुणदल सुर्खेतले राहत समेत वितरण गरेको छ ।