बुधबार, फागुन ९, २०८०

पवनकलीले गर्नेछिन् कोरोनाका कुरा

  
कर्णाली टाइम्स शनिबार, बैशाख १३, २०७७

सुर्खेत । ठट्यौली पारा, तिखो व्यङ्ग्य । ‘पवनकली’ सुन्दा वा हेर्दा खित्का नछाड्ने मान्छे कमै होलान् । अब भने पवनकली मान्छेलाई हँसाउनमात्र होइन, ज्ञानगुनका गंभीर कुरा गर्न आउँदैछिन् । उनको अबको हाँस्यव्यंग्य शृंखला हुनेछ– पवनकीसँग कोरोना कुरा ।

कोरोना भाइरस रोग (कोभिड–१९) ले विश्वलाई त्राहीत्राही बनाइरहेको बेला उनले यसबाट कसरी बच्ने, रोकथामको लागि के–के उपाय अपनाउने जस्ता कुरा बताउने छिन् । विशेष गरी बाललिकालाई लक्षित गरेर सेभ द चिल्ड्रेन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रसँगको सहकार्यमा उक्त ‘सो’ सुरु हुन लागेको हो ।

सेभ द चिल्ड्रेनकी अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालका अनुसार वैशाख १४ (भोलि) देखि हरेक आइतबार बिहान ७ः१५ देखि १५ मिनेटसम्म सामुदायिक सूचना नेटवर्क (सीआइएन) मार्फत देशैभरका सामुदायिक रेडियोहरु, युट्युब र सामाजिक सञ्जालबाट प्रशारण हुनेछ ।

सेभ द चिल्ड्रेनका कम्युनिकेशसन म्यानेजर आयुश श्रेष्ठ जोशीले प्रेस विज्ञप्ति जारी गर्दै उत्पादित कार्यक्रममा कोभिड–१९ बारेका अफवाह पत्ता लगाउने र रोक्ने तौरतरिका, मानसिक स्वास्थ्य, बालबालिकाविरुद्ध हुने हिंसा, शैक्षिक सवालहरु ठेट भाषामा प्रहसन/कमेडी प्रस्तुत हुने बताएकी छिन् । ‘यसका साथै विज्ञहरु, चर्चित व्यक्तिहरु र देशका विभिन्न ठाउँबाट बालबालिकासँगको कुराकानी पनि कार्यक्रममा समेटिने छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रस्ततु सामग्रीले गलत सूचना फैलिन नदिन र सही सूचना प्रवाह प्रवाहकाम लागि सरकारलाई सघाउने छ ।’ उनका अनुसार चर्चित रंगकर्मी तथा नायिका लुनिभा तुलाधर ‘पवनकली’को भेषमा दर्शक/स्रोतामाझ आउनेछिन् ।

 

सेभ द चिल्ड्रेनले जारी गरेकाे प्रेस विज्ञप्ति