सोमवार, फागुन २१, २०८०

कर्णाली प्रदेशमा आन्तरिक कामहरु गर्ने गरी सरकारी कार्यालय खुले

  
कर्णाली टाइम्स आइतवार, बैशाख १४, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा आन्तरिक कामहरु गर्ने गरी सरकारी कार्यालय खुलेका छन् । तत्कालका लागि अन्य सेवा प्रवाह नगरेर आन्तरिक काम गर्न सबै सरकारी कार्यालय खुलेका हुन् । कार्यालय खुले पनि सेवाग्राहीका नियमित काम भने गरिने छैन । लकडाउन भएपछि एक महिनायता अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द थिए । लगडाउनकै अवस्थामा गत बिहीबार प्रदेश विपद् व्यवस्थापन केन्द्रले प्रदेशभित्रका सबै सरकारी कार्यालय संचालनमा ल्याउने निर्णय गरेको थियो ।
सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले सरकारी कार्यालयबाट अहिले आन्तरिक काम मात्रै हुने जानकारी दिइन् । आगामी वर्षका लागि कार्यक्रम र बजेटको तयारी गर्नुपरेकाले कार्यालयहरु संचालनमा ल्याइएको उनले बताइन् ।