सुर्खेत । जुम्लाको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायालाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले पालिकाको बैठकमा नक्कली उपाध्यक्ष भनेर दुरव्यवहार गरेपछि उपाध्यक्ष रोकायाले जिल्ला प्रहरी कार्यालय जुम्लामा मुद्धा दर्ता गराएकी छन् ।
बैठक चलिरहेका बेला नक्कली, अनपढ लगाएत अश्लिल शब्दको प्रयोग गरेपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढा र नेकपा जुम्लाका जिल्ला कमिटी सदस्य अम्मरबहादुर शाही विरुद्ध प्रहरीमा मुद्धा दर्ता गरेको उपाध्यक्ष रोकायाले बताइन् ।
‘बैशाख १२ गते बसेको गाउँकार्यपालिकाको बैठकमा आफ्ना धारणा राख्दा मलाई नक्कली उपाध्यक्ष त होस अवपढ भनेर उहाँहरु अधिकृत बुढा र नेकपा जुम्लाका सदस्य शाहीले भनेपछि मैंले प्रहरीमा मुद्धा दायर गरेकी हुं,’ उपाध्यक्ष रोकायाले भनिन्, ‘कानुनी न्यायका लागि बैशाख १५ गते बिहान जिल्ला प्रहरी कार्यालय जुम्लामा मुद्दा दायर गरेकी छु ।’
उपाध्यक्ष रोकायाले दिएको जाहेरीमा पनि प्रमुख प्रशासकीय अधिकृत बुढा र नेकपा जुम्लाका सदस्य शाहीले नक्कली, अनपढ लगाएतका अन्य अश्लिल शब्द प्रयोग गरेको उल्लेख गरेकी छन् ।
जुम्लाका प्रहरी निरीक्षक तथा सुचना अधिकारी राजेन्द्र बहादुर चन्दले उजुरी दर्ता भइसकेको र घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान थालिसकेको बताए ।
‘गाउँपालिका बैठकमा दुव्र्यवहार भएको भन्दै उपाध्यक्षले हिंजो बिहान नै उजुरी दिइसक्नु भएको छ,’ सुचना अधिकारी चन्दले भने, ‘त्यसमा प्रहरीले थप अनुसन्धानलाई अगाडी बढाएको छ ।’