शुक्रबार, असोज १८, २०८१

सुर्खेतमा लकडाउन उल्घंन गरेका सवारीलाइ एक हजार जरिवाना तिराएर छोडिदै

  
कर्णाली टाइम्स आइतवार, बैशाख २१, २०७७

सुर्खेत । कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिन र उच्च सर्तकता अपनाउन जारी लकडाउन उल्घंन गरेका सवारी प्रहरीले छोड्न शुरु गरेको छ । गत वर्ष चैत्र ११ गतेदेखि लागु भएको लकडाउन उल्घंन गरेका मोटरसाइकल र अन्य सवारीहरुलाई सुर्खेत प्रहरीले छोडेको हो ।
चैत महिनाभरी लकडाउन उल्घंन गरेका झण्डै चार सय सवारी छाड्ने प्रक्रिया शुरु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी गोपाल रायमाझीले जानकारी दिए ।
उनका अनुसार नियन्त्रणमा लिएका सवारीहरुबाट प्रति सवारी एक हजार जरिवाना गरिएको छ । ‘चैत्र महिनामा नियन्त्रणमा लिएका सवारी छोडिरहेका छौं’ रायमाझीले भने, ‘लकडाउनको फेरि उल्घंन गरे सोहीअनुसार कारवाही गर्ने चेतावनी दिएर प्रहरी कार्यालयमा रहेका सबै सवारी सम्बन्धित सवारी धनीको जिम्मा लगाइरहेका छौं ।’
लकडाउन यथावत रहेकाले फेरि उल्घंन गरे सोहीअनुसार कारवाही गर्नेगरी रेकर्ड राखिएको रायमाझीको भनाइ छ ।