सुर्खेत । सुन्दर नेपाल संस्था सुर्खेतले आफ्नो विपद् व्यवस्थापन कोषबाट सुर्खेत जिल्लाका नौ वटा स्थानीय तह र कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा सहयोग गरेको छ । नोवेल कोरोना भाइरस (कोभिड १९)संक्रमण रोकथाम र अन्य आकस्मीक रुपमा हुने विपद्का लागि संस्थाले ४ लाख ६६ हजार रुपैयाँ सहयोग गरेको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस माहामारी रोकथाममा सहयोग पुगोस भन्ने उद्देश्यका साथ लकडाउनको पालना गर्दै सहयोग रकम हस्तान्तरण गरिएको संस्थाले जानकारी दिएको छ । लकडाउनका कारण समस्यामा परेको मजदुर, गरीब,विपन्न वर्गको सेवाका लागि र कर्णाली प्रदेश तथा स्थानीय तहले स्थापना गरेका क्वारेनटाइनमा बस्ने नागरिकलाई सहयोग पुगोस भन्ने उद्देश्यका साथ गाउँपालिका, नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ३५ हजार र कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा १ ला ५१ हजार रकम बरावरको सहयोग गरिएको जानकारी दिइएको छ ।
सहयोग रकम मंगलबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मंत्री माननीय नरेश भण्डारीलाई संस्थाका अध्यक्ष हेम प्रकाशले हस्तान्तरण गरेका हुन । सहयोग रकम बुझ्दै मन्त्री भण्डारी रकमको सही प्रयोग गरी नागरिकको उद्धारमा सहयोग गर्ने विचार व्यक्त गरेका छन् ।
सरकार संकटमा परेको समयमा नागरिक समाज संस्थाहरुले पनि आफ्नो नागरिक दायित्व पुरा गर्नुपर्ने भएकोले कोरोना भाइरस विरुद्धको अभियानलाई सफल गराउन ऐक्यवद्धता जनाएको हो ।
यसैगरी युनिसेफको सहयोगमा सुन्दर नेपाल संस्थाले कर्णाली प्रदेश सरकारलाई १ हजार थान ग्लोब्स, १५ सय थान माक्स, १२ बोटल सेनीटाइज, २ सय मीटर पिफर्म र बांके जिल्लामा ६ सय मीटर पिफर्म गरी १ ला ६० हजार ९ सय ९९ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री पनि सहयोग गरेको संस्थाका अध्यक्ष भूषालले जानकारी दिए ।
यस अघि सुन्दर नेपाल संस्थाले विगत वर्ष देखिनै विपद व्यवस्थापनको क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको आगामि दिनमा पछि यस्ता कार्य अघि बढाउने उनको भनाई छ ।
यस अघि सुर्खेतमा आएको बाढि पहिरो तथा विपद् पूर्व तयारीका लागि जिल्ला विपद् प्रतिकार्य योजना, आपतकालिन सामाग्रीहरु पनि जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय सरकारलाई हस्तान्तरण गर्दै आएको उनको भनाई थियो ।