मंगलबार, बैशाख ४, २०८१

कालिकोटमा कुहिएको चामल बाँडेपछि स्थानीय आक्रोशित

  
कर्णाली टाइम्स बिहीबार, बैशाख २५, २०७७

 सुर्खेत ।  कालिकोटको रास्कोट नगरपालिकाले कुहिएको चामल राहत दिएको छ।

नगरपालिकाले वडा नम्वर ९ का विपन्न नागरिकलाई कुहिएको चामल दिएपछि स्थानीय आक्रोशित बनेका छन् ।

नगरपालिकाले विपन्नलाई राहतका नाममा कुहिएको चामल बाँडेपछि उक्त चामल नै फिर्ता गरेका स्थानीय महेश बरालले बताए ।

यता नगरपालिकाले भने नागरिकलाई कुहिएको चामल बाँढ्ने नियर्त नभएको र
कुहिएको चामल फिर्ता गरेर राम्रो चामल दिइने नगरपालिकाले जनाएको छ।