बिहीबार, फागुन १०, २०८०

कर्णालीमा दिप प्रज्ववलन, मुख्यमन्त्री शाहीद्धारा महामारीमा खटिने सबैलाई धन्यवाद

  
कर्णाली टाइम्स शुक्रबार, बैशाख २६, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा पनि भव्यताका साथ दिप प्रज्ववलन कार्यक्रम गरिएको छ । दिप प्रज्ववलन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अन्य देशमा कोरोनाले ज्यान लिइरहँदा नेपालका सबैलाई बचाउन सकिएको बताउँदै सबै स्वास्थ्यकर्मीलाई धन्यवाद दिए । ‘आज विश्व शान्तिका अग्रदुत गौतम बुद्धको बुद्ध जयन्ती लकडाउनका कारण मनाउन सकिएन । कोरोना त्रासले संसार नै त्राहि त्राहि भएको समयमा त्यो गर्न नि सकिएन ।’ दिप प्रज्ववलन पश्चात संक्षिप्त प्रतिक्रिया दिदैं उनले भने, ‘देशमा शान्ति छाओस भन्ने कामना सहित कोरोनाबाट कसैले पनि ज्यान गुमाउन नपरोस, यसकालागि देशै भरीका स्वास्थ्यकर्मिमा थप उत्साह छाओस भन्ने चाहनाका साथ कर्णाली भरि हामीले दिप बालेका हौं ।’

मुख्यमन्त्री शाहीले सरकारले घोषणा गरेको लकडाउनलाई परिपालना गराउन अमूल्य योगदान दिने सुरक्षाकर्मी, अन्य नागरिक सबैप्रति कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि कोरोनाबाट जोगाउन भूमिका खेल्नुहुने अपेक्षा व्यक्त गरे ।
कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्ती मगर, सरकारका सबै मन्त्रीहरु सबैले नेपालमा दिगो शान्तिको कामना गर्दै दिप प्रज्ववलन गरेका छन् ।