बुधबार, बैशाख १९, २०८१

सुर्खेतका पत्रकार, स्वास्थ्यकर्मीको पिसीआर रिर्पोट नेगेटिभ

  
कर्णाली टाइम्स बिहीबार, जेष्ठ १, २०७७

सुर्खेत । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउनकालागि पिसीआर परिक्षण गर्दा सुर्खेतका पत्रकार, स्वास्थ्यकर्मी र अन्य नागरिकको रिपोर्ट नेगेटिभ आएको छ । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको समन्वयमा बुधबार जिल्लामा कार्यरत ४३ जना पत्रकारको नोज्नल स्वाव संकलन गरि प्रयोगशालामा पठाइएको थियो । अन्य प्रदेशमा पत्रकारलाई पनि कोरोना संक्रमण भएको पाइएपछि सामाजिक विकास मन्त्रालय र जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्वाव संकलन गरेका थिए ।
बुधबार संकलन गरिएको ४३ जना पत्रकारसहित २१० जनाको सवाव जाँच गर्दा रिर्पोट सबैको नेगेटिभ आएको प्रदेश अस्पताल प्रयोगशाला प्रमूख ओम आचार्यले जानकारी दिए । ‘हामीसँग आएको सबै २१० वटा नमूना जाँच सकिएको छ । सबैको रिर्पोट नेगेटिभ नै आएको छ ।’ उनले भने ।
यता, स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननीधि वाग्लेले कार्यालय परिसरमा संकलन गरिएका ४३ जना पत्रकारहरुमा कोरोना संक्रमण नभेटिएको बताए । ‘बुधबार संकलन गरिएको स्वावमा कोरोना संक्रमति देखिएन ।’ उनले भने, बिहिवार संकलन गरको स्वाब टेष्ट हुँदैछ ।