सोमवार, जेष्ठ १४, २०८१

यसरी भित्रदैछन् भारतबाट करिब छ सय नागरिक कर्णालीमा

  
कर्णाली टाइम्स शुक्रबार, जेष्ठ २, २०७७

 

सुर्खेत । लकडाउनका कारण भारतको सीमा नाकामा रोकिएका कर्णालीका करिब ६ सय बढी आउने भएका छन् ।
दैलेख, जाजरकोट, जुम्ला, सुर्खेत लगायतका जिल्लाका नागरिक भित्रिन लागेका हुन् ।
बिहीबार नेपालगन्जको जमुनाहा हुँदै नेपाल आएका उनीहरुलाई शुक्रबार आरडिटी परीक्षण गरेर घर  पठाउन लागिएको हो ।
भारतका विभिन्न सहरमा काम गर्दै आएका उनीहरू लकडाउनको समयमा भारतीय क्वारेन्टाइनमा बसेका थिए ।
भारतीय क्वारेन्टाइनमा करिब ४५ दिन बसेका उनीहरूलाई बिहीबार दुवै मुलुकका सुरक्षा अधिकारीबीचको समन्वयमा नेपाल फर्काइएको हो । भारतबाट आएकालाई कर्णाली प्रदेश सरकारले क्वारेन्टाइनमा राख्ने तयारी थालेका छ ।