सुर्खेत । फिल्डमा खटिईएर रिपोर्टिङ गर्ने सुर्खेतका पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । उद्योग वाणिज्य संघ सुर्खेतका बरिष्ठ उपाध्यक्ष तथा सुर्खेत सञ्चार केन्द्रका सञ्चालक हर्षविक्रम खड्काको सहयोगमा कारोनाको बिषम् परिस्थितिमा जोखिम मोलेरै रिपोर्टिङ गरिरहेका ४० जना पत्रकारलाई केएन–९५ माक्स, स्यानिटाइजर उपलब्ध गराइएको छ ।
कोरोनाको जोखिम कर्णाली प्रदेशमा पनि देखिएकोले यस्तो महामारीका बेला फिल्डमा पुगेर निरन्तर नागरिकलाई सूचना दिने प्रयास गर्ने पत्रकारलाई स्वास्थ्यसम्बन्धी सुरक्षा सामग्री सहयोग गरिएको वरिष्ठ उपाध्यक्ष खड्काले बताए ।
यस्तै ऐनसेल नेपालले पनि लकडाउनका बेला पत्रकारहरुलाई सूचना ता सञ्चारमा सहजता ल्याउन सिमकार्ड वितरण गरेको छ । पत्रकार महासंघ सुर्खेत शाखामार्फत ५० वटा सिम पत्रकारहरुलाई वितरण गरिएको छ ।
मंगलबार पत्रकार महासंघ सुर्खेत शाखाका सचिव सुदीप पुरीले समन्वय गरी पत्रकारहरुलाई स्वास्थ्य सामग्री र सिमहरु वितरण गरेका छन् । सचिव पुरीका अनुसार एनसेलद्वारा सहयोग गरिएका ५० वटै नम्बरभित्र ४६० मिनेट निःशुल्क फोन, २ जिबी ईन्टरनेट डाटा उपलब्ध छ ।
कर्णाली टाइम्स
मंगलबार, जेष्ठ ६, २०७७