बिहीबार, माघ ३, २०८१

सुर्खेतमा बाढीको पूर्वसूचना अब मोबाइलबाट जानकारी पाइने

  
कर्णाली टाइम्स बुधबार, जेष्ठ ७, २०७७

 सुर्खेत । सुर्खेतमा अब बाढी पहिरोको पूर्व सूचना मोबाइलमा एसएमएसबाट नै आउने भएको छ । जल तथा मौसम विज्ञान विभागमार्फत् वीरेन्द्रनगर नगरपालिका र अन्य सरोकारवाला संस्थाहरूको समन्वयमा बाढीको पूर्व सूचना मोबाइल एसएमएस प्रणालीको स्थापना गरिएको हो ।

आकस्मिक बाढीको पूर्व सूचना बाढी आउनु केही घण्टा अगावै जनतासम्म पुर्‍याउने र जनधनको क्षती न्यूनीकरण गर्न जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले नेपाल टेलिकम र एनसेल सिम प्रयोगकर्ता सबैमा एसएमएस पठाउने व्यवस्था मिलाइएको जलमौसम कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले बताए ।

‘११५५ वा जलवायुबाट सबैको मोबाइलमा बाढीको पूर्व सूचना आउने व्यवस्था मिलाएका छौँ’ उनले भने, ‘यसले गर्दा धनजनको क्षतीमा कमी आउनेछ ।’