सोमवार, फागुन २१, २०८०

दैलेखका कोरोना संक्रमितलाई सुर्खेत ल्याइयो

  
कर्णाली टाइम्स शुक्रबार, जेष्ठ ९, २०७७

सुर्खेत । कर्णालीको पहिलो कोरोना संक्रमित दैलेखका बिरामीलाई सुर्खेत ल्याइएको छ । शुक्रबार साँझ ल्याएर उनलाई कालागाउँस्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा राखिएको छ ।
प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काका अनुसार उनलाई विशेष अस्पतालको आइसोलेसनमा राखिएको छ । दैलेखको आठबीस नगरपालिका–१ का ३५ वर्षीय ती व्यक्तिमा सोमबार संक्रमण पुष्टि भएको थियो । उनलाई दैलेख सदरमुकामस्थित सरस्वती माध्यामिक विद्यालयमा राखिएको थियो ।