आइतवार, मंसिर ३०, २०८१

नेकपा सांसदहरुले आधा महिनाको तलव विपद् कोषमा जम्मा गर्ने

  
कर्णाली टाइम्स सोमवार, जेष्ठ १२, २०७७

 सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा( कर्णाली प्रदेशसभाका सदस्यहरुले आधा महिनाको तलव कर्णाली विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । सोमबार बिहान संसदीय दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको संसदीय दलको बैठक आधा महिनाको तलव विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३३ जना प्रदेशसभा सदस्य रहेका छन् ।

कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा सबै सबै प्रदेशसभा सदस्यहरुले आधा महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको संसदीय दलकी सचेतक सीता नेपालीले बताइन् ।

त्यस्तै, प्रदेशसभाको बैठकमा सरकारद्वारा आज९सोमबार० प्रस्तुत गरिने आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त, उद्देश्य र प्राथमिकताका बिषयमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बैठकमा जानकारी गराएको सचेतक नेपालीले बताइन् । ‘सरकारको आगामी बजेट कोभिड–१९ नियन्त्रण र कर्णाली प्रदेशमा हुनसक्ने सम्भावित खाद्यसंकट सामाधान हुनेगरी बजेट निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिएका छौं ।’ उनले भनिन्,‘कोरोना भाईरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र उपचारको लागि सरकारले प्रभावकारी कदम चालिरहेकोमा कर्णाली प्रदेश सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई धन्यवाद दिने निर्णय भएको छ ।’