शुक्रबार, असार १, २०८१

जन्मदिनको अवसरमा खाद्यान्न वितरण

  
कर्णाली टाइम्स सोमवार, जेष्ठ १२, २०७७

सुर्खेत । अमेरीकामा बस्दै आएकी जयन्ती थापाका छोरा जेसन चन्दको ८औं जन्मोउत्सवका अवसरमा प्रशान्ति बृद्धाआश्रम वीरेन्द्रनगर सुर्खेतलाई खाद्यान्न वितरण गरिएको हो । लकडाउनका कारण वृद्धाआश्रममा खाद्यान्नको समस्या भइरहेका बेला चन्दका मामाघरका हजुर बुवा धर्मजंग थापा र हजुर आमा पार्वती थापाले सोमबार आश्रममा २० हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेका हुन । जस अनुसार दाल, चामल,आलु, तेल, साबुन, चिनी, चिया, पिठो हस्तान्त्रण गरिएको हो । अमेरिकामा बस्दै आएकी थापाले विभिन्न व्यक्ति र संस्थाहरुलाई सहयोग गर्दै आएकी छन् ।