शुक्रबार, फागुन ११, २०८०

कर्णालीमा थप १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३८ पुग्यो

  
कर्णाली टाइम्स बुधबार, जेष्ठ १४, २०७७

जगतदल जनाला विक
सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतमा थप १५ जनामा कोरोना पुष्टि भएको छ । कर्णालीमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । कोरोना संक्रमित पुष्टि हुनेको संख्या ३८ जना पुगेको हो । बुधबार दिउँसोमात्रै १५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्मर खड्काले जानकारी दिए । प्रदेश अस्पतालमा रहेको पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा जाँच गरिएको पिसिआर रिर्पोटमा मंगलबार धुलियाबिट र घण्टाघरमा रहेको क्वारेन्टाइनमा बसेकाहरूबाट लिइएको रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए । उनका अनुसार बुधबार दिउँसो रिपोर्ट पोजेटिभ आएका १५ जना कुन गाउँपालिका, नगरपालिका भनेर साँझ सामाजिक विकास मन्त्रालयले जानकारी दिने बताए ।
कर्णाली प्रदेशमा भारतबाट आउने नागरिकहरुका कारण कोरोनाको जोखिम बढेको छ ।

यो सँगै सुर्खेतमा कोरोना संक्रमित हुनेको संख्या ३० पुगेको छ भने दैलेखमा ८ गरी ३८ पुगेको हो । यस्तै भारतबाट आएका अवलचिङका युवालाई प्रदेश अस्पतालमा उपचार गर्न ल्याउँदै गर्दा बाटोमैं मृत्यु भएपछि कोरोना संक्रमणको आशंका गरिएपनि रिपोर्ट भने नेगेटिभ देखिएको छ ।