बुधबार, माघ ९, २०८१

कर्णालीमा थप ४३ जनामा भेटियाे कोरोना, जम्मा संक्रमितको संख्या १६६ पुग्यो

  
जगतदल जनाला विक सोमवार, जेष्ठ १९, २०७७

 

सुर्खेत । कर्णालीमा थप ४३ जना नयाँ संक्रमित भेटिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आइतबार गरिएको पीसीआर परीक्षणमा जुम्लाका १९ र दैलेखका २४ जनामा काेराेना भाइरस(काेभिड-१९)पुष्टि भएकाे हाे । याे संगै कर्णालीमा काेराेना संक्रमितकाे संख्या १६६ पुगेकाे छ । काेराेना संक्रमणबाट दैलेखका एक जनाकाे मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँग कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितकाे संख्या बढिरहेकाे छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाद्वारा जारी पत्र ।