बुधबार, फागुन ९, २०८०

सुर्खेत, दैलेख र सल्यानका थप ३५ जनामा कोरोना पुष्टि, कर्णालीमा कोरोना संक्रमितको संख्या २३३ पुग्यो

  
जगतदल जनाला विक सोमवार, जेष्ठ १९, २०७७

 

सुर्खेत । कर्णालीमा थप ३५ जना नयाँ संक्रमित भेटिएका छन् । सोमबार साँझ सवा ५ बजे सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइको छ । सुर्खेतका १६ जना, दैलेखका ९ जना, सल्यानका ९ जना र अछामका सुर्खेतमा परीक्षण गरिएका १ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३३ पुगेको छ । कोरोना संक्रमणबाट दैलेखका एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँग कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

सोमबार साँझ सवा ५ बजे सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्ति ।