सोमवार, जेष्ठ १४, २०८१

कर्णाालीमा कोरोना संक्रमितको संख्या २६२ पुग्यो, कुन जिल्लामा कति

  
जगतदल जनाला विक मंगलबार, जेष्ठ २०, २०७७

 

सुर्खेत । कर्णालीमा थप २९ जना नयाँ संक्रमित भेटिएका छन् । मंगलबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइको छ । सुर्खेत वीरेन्द्रनगर वडा नम्वर १ र ३ का ११ जना, सल्यान दार्मा गाउँपालिकाका ९ जना र अछाम मल्लेख गाउँपालिका र मंगलसेन नगरपालिकाका सुर्खेतमा परीक्षण गरिएका ९ जनामा प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

यो संगै कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ । कोरोना संक्रमणबाट दैलेखका एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँग कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

२०७७ जेठ २० गते मंगलबार साढे १२ बजेसम्मको कोरोना संक्रमितको जिल्लागत विवरण
दैलेखमा ९८ जना
सुर्खेतमा ७० जना
सल्यानमा .५३ जना
जुम्लामा १९ जना
कालिकोटमा १८ जना
मुगुमा १ जना
अन्य बाजुराका १ जना, अछामका १० जना र बझाङका १ (कर्णालीमा परीक्षणका क्रममा पोजेटिभ)
कर्णालीमा मृत्यु १ जना दैलेखका

मंगलबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्ति ।