शनिबार, चैत्र ८, २०८१

कालीकोटमा खाद्यन्न बोकको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

  
कर्णाली टाइम्स मंगलबार, जेष्ठ २०, २०७७

सुर्खेत । कालीकोटको नहरहरीनाथ गाउँपालिका -१ मा मंगलबार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा रास्कोट नगरपालिका-१ कालिकोटका जिप चालक डबल शाही रहेका छन् । नरहरीनाथ-१ लालीगढबाट खाद्यन्न बोकी कोमलगाउँतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ००३० नं. को बोलेरो जिप करिब साढे तिनबजेतीर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएस्पी श्याम वलीयाले जानकारी दिए । उनका अनुसार लालीगढ नजिकैको सडकबाट जिप करिब ३ सय फिट तल खसेको थियो । दुर्घटनामा नरहरीनाथ गाउँपालिका-३ का ५० वर्षीय पुर्णप्रसाद उपाध्यय भने घाईते भएको प्रहरीले बताएको छ । दुर्घटनाको थप अनुसन्धान भईरहेको डिएस्पी वलीया बताए ।