सुर्खेत । कर्णालीमा थप १६ जना नयाँ संक्रमित भेटिएका छन् । बुधबार स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पीसीआर परीक्षण गर्दा थप १६ जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमित हुनेमा दैलेखका ७ जना, सल्यानका २ जना, कालिकोटका ७ जना मध्ये एक चार महिने बालकलाई पनि कोरोना संक्रमित भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जानकारी दिएको छ । कर्णाली प्रदेशमा बुधबार दिउँसोसम्म संक्रमितको संख्या २७८ पुगेको छ ।
कोरोना संक्रमणबाट दैलेखका एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँग कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
२०७७ जेठ २१ गते बुधबारसम्मको कोरोना संक्रमितको जिल्लागत विवरण
कुल संक्रमित संख्या २७८ जना
दैलेखमा १०५
सुर्खेतमा ६१
सल्यानमा ५५
जुम्लामा १९ (दुई जना प्रहरी पनि संक्रमित)
कालिकोटमा (एक जना चार महिने शिशुसहित) २५
मुगुमा १
अन्य जिल्लाका बाजुराका १, अछामका १० र बझाङका १ जना कर्णालीमा परीक्षणका क्रममा पोजेटिभ देखिएका
कर्णालीमा मृत्युको संख्या १ जना दैलेख
सामाजिक विकास मन्त्रालयद्धारा बुधबार जारी विज्ञप्ति ।