मंगलबार, बैशाख ४, २०८१

डोल्पामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, कर्णालीका मृतकको संख्या ३ पुग्यो

  
जगतदल जनाला विक शनिबार, जेष्ठ २४, २०७७

सुर्खेत । कर्णालीमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

सुर्खेत, दैलेख र डोल्पामा एक÷एक जनाको मृत्यु पछि तीन जनामा कोरोना पुष्टी भएको हो । शनिबार डोल्पाको जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । यहि जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनी लामो सममदेखि दमको रोगले पीडित थिए । पछि उनलाई होम आइसोलेसनमा राखिएको थियो ।
होम आइसोलेसनमै रहेका उनको जेठ २० गते मृत्यु भयो । मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो । शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।
सुरक्षाका उपाय अपनाई उनको दाह्संस्कार गरेको भएपनि उक्त वडा र छिमेकी गाँउका अधिकांश संक्रमित भएको हुनसक्ने आशंका गरिएको स्थानीले बताएका छन् ।
यसअघि दुल्लु नगरपालिका–११का ३५ वर्षीय युवक, सुर्खेत पञ्चपुरी नगरपालिका वडा नम्वर–१ हाँसे गाउँका १९ वर्षीय युवकको मृत्यु पश्चात कोरोना पुष्टि भएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । जसमध्ये ११ जनाको मृत्युपछि मात्रै संक्रमण रहेको पुष्टि भएको छ ।