आइतवार, असार ३, २०८१

कर्णालीमा कोरोना संक्रमितको संख्या ५८७ पुग्यो

  
जगतदल जनाला विक शनिबार, जेष्ठ २४, २०७७

 

सुर्खेत । कर्णालीमा थप ९८ जना नयाँ संक्रमित भेटिएका छन् । शनिबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइएको छ ।
यो संगै कर्णालीमा कोरोना संक्रमितको संख्या ५८७ जना पुगेको छ । कोरोना संक्रमणबाट दैलेख, सुर्खेत र डोल्पाका एक एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँग कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । शनिबार मात्र सल्यानमा ३८  जना, सुर्खेतमा ९ जना, जाजरकोटमा ४ जना, दैलेखमा ४३ जना र डोल्पामा १ जना नयाँ संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

शनिबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्ति ।