सोमवार, फागुन २१, २०८०

कर्णालीमा कोरोना संक्रमितको संख्या ६५७ पुग्यो

  
जगतदल जनाला विक सोमवार, जेष्ठ २६, २०७७

 

सुर्खेत । कर्णालीमा सोमबार थप १६ जना नयाँ संक्रमित भेटिएका छन् । सोमबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइएको छ ।
आइतबारसम्म कर्णालीमा ६४१ थियो । आज १६ जना थप भएपछि कर्णालीमा कोरोना संक्रमितको संख्या ६५७ जना पुगेको छ । कोरोना संक्रमणबाट दैलेख, सुर्खेत र डोल्पाका एक एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँगै कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । सोमबार मात्र सल्यानका ५  जना, सुर्खेतका १ जना, दैलेखका १० जना नयाँ संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए । १६ जनाकै पीसीआर प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमाजाँच गरिएको हो ।

सोमबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्ति ।