आइतवार, बैशाख २३, २०८१

तोकिएका पसल मात्र खोल्न जिल्ला प्रशासन कार्यालय सुर्खेतको आग्रह

  
कर्णाली टाइम्स शुक्रबार, जेष्ठ ३०, २०७७

सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको सुरक्षा सावधानी अपनाउँदै विभिन्न उद्योग, पसल, व्यवसाय खोल्न सूचना जारी गरेको छ । नेपाल सरकारले कोराना भाईरस रोग नियन्त्रण, रोकथाम, उपचारमा सहजताका लागि २०७६ चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरिएको थियो । २०७७ जेष्ठ २८ को मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार गृह मन्त्रालयबाट प्राप्त परिपत्र अनुसार २०७७ जेष्ठ ३० बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सुर्खेतले बन्दबन्दीलाई केही सहज बनाउने निर्णय गर्दै सूचना जारी गरेको हो ।

दुई मिटरको सामाजिक दुरी कायम गर्दै मास्क प्रयोग गरी पटक पटक सावुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने लगायतका जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्ने गरी तोकिएका व्यापार, व्यवसाय खोल्न आग्रह गरिएको छ । अर्को सूचना नभएसम्मको लागि तोकिए बमोजिमका सेवा र कार्यहरु सञ्चालन गर्न अनुरोध गरिएको छ ।

खोल्न मिल्ने पसल तथा उद्योगहरु ।
क) स्वास्थ्यसंग सम्बन्धित सबै सेवा (निजी,क्लनिक समेत) ।
ख) सबै प्रकारका कृषि र पशुपन्छी व्यवसाय –उत्पादनदेखि विक्रि वितरण सम्मका सबै श्रृङ्खला ।
ग) उद्योग, व्यापार, पसल, डिपार्टमेन्ट स्टोर ।
घ) सबै प्रकारका ढुवानी ।
ङ) पैदल आवागमन ।
च) साइकल र मोटरसाइकल ९चालकमात्र रहने गरी ।
छ) जिल्ला भित्र मात्र जोर विजोर प्रणालीमा संचालन हुने निजी सवारी साधन ९चालक बाहेक थप २ जनासम्म मात्र सवार हुने ।
ज) फोहोरमैला व्यवस्थापन ।
झ) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सम्बन्धी सेवा।
ञ) बैंक तथा वित्तिय संस्था, सहकारी र बीमा सेवा ।
ट) नर्सरी र वनजन्य उद्यम ।
ड) विकास आयोजना ९निजी क्षेत्रबाट प्रवद्र्धित समेत ।
ढ) नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र विक्रि वितरण ।
ण) रेष्टुरेण्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा ।
त) क्वारेन्टाइनका लागि तोकिएका होटल र यातायातका साधन ।
थ) सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तिय संस्थाहरु विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा संचालनमा गर्ने ।
द) सार्वजनिक तथा जोर विजोर प्रणालीमा संचालन हुने गरी निजी सेवा प्रदायक कार्यालयमा श्रमिक तथा कर्मचारी ओसार पसार गर्न प्रयोग गरिने सवारी साधन ९सिटको एक लहरमा एक जना यात्रु मात्रै राख्ने, सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने, सवारी साधनलाई दैनिक निसंक्रमित गर्ने ।