मंगलबार, बैशाख १८, २०८१

कर्णालीका थप ५२ जनामा काेराेना पुष्टि, जम्मा संक्रमितकाे संख्या ९६७ पुग्याे (कुन जिल्लामा कति)

  
जगतदल जनाला विक आइतवार, जेष्ठ ३२, २०७७

सुर्खेत। कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर थपिंदै गएको छ । आइतबार सुर्खेत जिल्लाका १५ र दैलेख जिल्लाका ३७ जना गरी जम्मा नयाँ संक्रमित संख्या ५२ रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म जम्मा पुष्टि भएको संख्या ९६७ पुगेको छ ।
नयाँ संक्रमण पुष्टि हुने सुर्खेतका १५ जना मध्ये  पञ्चपुरी नगरपालिकाका ५ जना, गुर्भाकाेेेट नगरपालिकाका ८ जना, वीरेन्द्रनगर  नगरपालिकाका १ जना, लेकबेसी नगरपालिकाका १ जना  रहेेेका छन् ।

यस्तै   दैलेख नाैमुले गाउँपालिकाका ३५ जना र नारायण नगरपालिकाका २ जना रहेका छन् । ५० जनाकाे पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र २ जनाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट परीक्षण गरिएको हो ।
दैलेख अस्पतालमा ५ जना र दुल्लु अस्पतालमा ४ जना गरी ९ जना निको भई डिस्चार्ज भए संगै जम्मा डिस्चार्ज हुनेको संख्या ९१ पुगेको छ । हालसम्म कोभिड-१९ को संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या ३ रहेको छ।

यस्ताे छ जिल्लागत संख्या

हाल सम्मको जम्मा ९६ ७ मध्ये जिल्लागत संख्या दैलेख ५३९ जना, सुर्खेत २१२ जना, सल्यान १३७ जना, कालिकोट २८ जना, जुम्ला २४ जना, जाजरकोट ८ जना, मुगु २ जना, हुम्ला १ जना, डोल्पा १ जना र अन्य प्रदेशका १६ जना रहेको छ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]