सोमवार, मंसिर १७, २०८१

देउती बज्यै मन्दिरमा अतिथी गृह निर्माण सुरु

  
कर्णाली टाइम्स शनिबार, असार ६, २०७७

सुर्खेत । वीरेन्द्रनगर सुर्खेत स्थित देउती बज्यै मन्दिरमा अतिथी गृह निर्माणको काम सरु गरिएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको अतिथि गृहको शनिबार शिलान्यास गरिएको देउती बज्यै पुर्वाधार विकास समितिका संयोजक मुकुन्दश्याम गिरीले जानकारी दिए । प्रदेश सरकारले छुट्याइएको ४० लाख अन्तरगत ५ लाखको देती बज्यै क्षेत्रको डिपिआर गरिने र एक लाख ६० हजार कन्सलटेन्सी कटाएर ३३ लाख ४० हजार रुपैयाँमा समितिले थप गरि ४५ लाख रुपैयाँ बराबरको अतिथी गृह बनाइने समितिका संयोजक गिरीले बताए । उक्त अतिथि गृहको तल्लो तलामा १५० जना अटाउन मिल्ने यज्ञ हल र माथिल्लो तलामा भएका ३ कोठामा अतिथी विश्राम कक्ष बनाइने छ ।
समितिले केहि समय पहिला यज्ञ लगायर ६० ६५ लाखका संरचना निर्माण गर्ने विभिन्न व्यक्तिहरुले प्रतिवद्धता जनाएका थिए । गिरीका अनुसार यज्ञमा प्रतिवद्धता गरिएका संरचनाहरु पनि क्रमस बन्ने प्रक्रियामा छन् ।
देउती बज्यै पुर्वाधार विकास समितिले लिएको गुरुयोजना अनुसार उद्योग वाणिज्य संघ सुर्खेतका महासचिव लक्ष्मण कँडेलले शनिबार शनि मन्दिर बनाउने घोषणा अनुसार आज शिलान्यास समेत गरेका छन् ।