सुर्खेत । कर्णाली प्रदेशमा सोमबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परिक्षणमा सुर्खेत पञ्चपुरी नगरपालिकाका ५ जना, चौकुने गाउँपालिकाका ६ जना, गुर्भाकोट नगरपालिकाका १ जना, भेरीगंगा नगरपालिकाका १ जना रहेका छन् । दैलेख भैरवी गाउँपालिका, नौमुले गाउँपालिका र ठाँटीकाँध गाउँपालिका १ १ जना, जाजरकोट छेडागाड नगरपालिकाका र कालिकोट शुभकालिका गाउँपालिकाका १-१ जना रहेका छन् । दाङ लमही नगरपालिका र धनुष मुखियापट्टी मुसहरनिया गाउँपालिकाका १-१ जना जनामा कोरोना पुष्टि भएको हो यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा पम्ला चन्दननाथ नगरपालिकाका ३ जना, सिजा गाउँपालिकाका १ जना र सुप्तरी, रुपन्देही ताप्लेजुङ र उदयपुरका १-१ जनामा कोरोना भाइरस पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले बताए । बुधबारसम्म कर्णालीमा संक्रमितको संख्या १३३५ जना पुगेको छ । बुधबारसम्म कर्णाली प्रदेशमा कोभिड–१९ संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ५६८ पुगेको छ । कर्णालीमा संक्रमित पुष्टि मध्ये मृत्यु हुनेको संख्या ५ पुगेको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ ।
कुन जिल्लामा कति जना संक्रमित ?
हालसम्मको जम्मा १३३५ जना मध्ये जिल्लागत संख्या दैलेखमा ७३६ जना, सुर्खेतमा ३१५ जना, सल्यानमा १७३ जना, कालिकोटमा ४४ जना, जुम्लामा २८ जना, जाजरकोट १-१ जना, मुगु र हुम्लामा २-२ जना, डोल्पा र रुकुमपश्चिममा १-१ जना र अन्य प्रदेशका २२ जना रहेको छ ।
बुधबार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाद्धारा जारी विज्ञप्ति ।