सुर्खेत । कर्णाली प्रदेशमा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णालीमा संक्रमितको संख्या एक हजार चार सय पुगेको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा सुर्खेतका १२ जना, दैलेखका १८ जना, जुम्ला, सल्यान, कैलाली, लमजुङ, दार्चुला, बाँके, धादिङ, कास्की, बैतडी, र इलामका एक÷एक जना, कालिकोटका ३ जना र बझाङका २ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा दैलेखका १ जना, बाजुराका ४ जना, बैतडीका १ जना, बाँकेका ३ जना, दाङका १ जना, धादिङका १ जना, गोर्खाका २ जना, गुल्मीका १ जना, इलामका १ जना, कंचनपुरका १ जना, काठमाण्डौंका १ जना, खोटाङका १ जना, लमजुङका १ जना, ओखलढुङ्गाका २ जना, पाल्पामा १ जना, रामेछापका २ जना र ताप्लेजुङका ३ जनामा कोरोना पुष्टि भएको समाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए । कर्णालीमा बिहिबारसम्म निको हुनेको संख्या ६ सय ९२ पुगेको छ । यो संगै कर्णालीमा संक्रमित मध्ये मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
कुन जिल्लामा कति जना संक्रमित ?
हालसम्मको जम्मा १४०७ जना मध्ये जिल्लागत संख्या दैलेखमा ७५५ जना, सुर्खेतमा ३२७ जना, सल्यानमा १७४ जना, कालिकोटमा ४७ जना, जुम्लामा २९ जना, जाजरकोट ११ जना, मुगु र हुम्लामा २–२ जना, डोल्पा र रुकुमपश्चिममा १–१ जना र अन्य प्रदेशका ५८ जना रहेको छ ।
बिहीबार सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति ।