शुक्रबार, असोज १८, २०८१

कर्णालीका थप २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४३३ पुग्यो

  
जगतदल जनाला विक शुक्रबार, असार १२, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार नयाँ पुष्टि हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका १२ जना, बराहताल गाउँपालिकाका १ जना रहेका छन् । दैलेख दूूल्लु नगरपालिकाका ५ जना, सल्यानको सारदा नगरपालिकाका ३ जना, जाजरकोटको शिवालय गाउँपालिकाका २ जना, मुुुगुको छायाँनाथ रारा नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ । यस्तै काठमाण्डौं, जुम्लाका १-१ जनामा कोरोना भाइरस पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले बताए । शुक्रबाररसम्म कर्णालीमा संक्रमितको संख्या १४३३ जना पुगेको छ । शुक्रबारसम्म कर्णाली प्रदेशमा कोभिड–१९ संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ७२० पुगेको छ । कर्णालीमा संक्रमित पुष्टि मध्ये मृत्यु हुनेको संख्या ६ पुगेको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ । उनीहरुको पीसीआर परीक्षण प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको हो ।

कुन जिल्लामा कति जना संक्रमित ?

हालसम्मको जम्मा १४३३जना मध्ये जिल्लागत संख्या दैलेखमा ७६० जना, सुर्खेतमा ३४० जना, सल्यानमा १७७ जना, कालिकोटमा ४७ जना, जुम्लामा २८ जना, जाजरकोट १३ जना, मुगुमा ३,  हुम्लामा २ जना, डोल्पा १ जना र रुकुमपश्चिममा १ जना रहेका छन् । यस्तै अन्य प्रदेशका ५९ जना रहेका छन् ।

शुक्रबार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाद्धारा जारी विज्ञप्ति ।