मंगलबार, मंसिर २५, २०८१

रुकुमपश्चिम र सल्यानका थप २ जनामा कोरोना पुष्टि, कर्णालीमा मात्र संक्रमितको १४२८ पुग्यो

  
जगतदल जनाला विक आइतवार, असार १४, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा आइतबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परिक्षणमा रुकुमपरिशचमको चौरजहारी नगरपालिकाका १ जना र सल्यान कुपिण्डे बनगाड नगरपालिकाका १ जनालाई कोरोना भाइरस पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।
आइतबारसम्म कर्णाली प्रदेशका मात्र १४२८ पुगेको छ । अन्य प्रदेशका ४५ जनालाई अन्य प्रदेशका डिस्चार्ज भएर सम्बन्धीत ठाउँमा गईसकेका र उपचाररत व्यक्तिहरुलाई प्रदेशको सुचिबाट हटाई संसोधन गरिएको प्रमुख डाक्टर तिवारीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कर्णालीका मात्र १४२८ जना मध्ये ९५६ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । १२९९ जना पुरुष र १२९ जना महिलामा संक्रमण पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ ।

यस्तो छ जिल्लागत विवरण
कर्णालीका मात्र हालसम्मको जम्मा १४२८ जना मध्ये जिल्लागत संख्या दैलेखमा ७६० जना, सुर्खेतमा ३४७ जना, सल्यानमा १७८ जना, कालिकोटमा ४७ जना, जुम्लामा २८ जना, जाजरकोटमा १३ जना, मुगुमा ३ जना, हुम्लामा २ जना, डोल्पामा १ जना र रुकुमपश्चिममा २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै अन्य प्रदेशका ४५ जना रहेका छन् ।

आइतबार सामाजिक विकास मन्त्रालयद्वारा संसोधित जारी विज्ञप्ति ।