कर्णाली टाइम्स
सोमवार, असार १५, २०७७
सुर्खेत । आज धान दिवस । कर्णाली प्रदेश सरकारले यहाँका ९ जिल्लामा सार्वजनिक विदा दिए पनि जुम्लालाई बिदा दिइएको छैन । जुम्लालाई बिदा किन दिइएन त ? सबैको मनमा उठेको यो प्रश्न हामीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्कासँग राखेका थियौं ।
उनका अनुसार जुम्लामा चैत १२ मा मार्सी धानको बीउँ भिजाउने विशेष दिन र चैत २० गते बेर्ना राख्ने दिन हो । प्रदेश सरकारले जुम्लाको लागि चैत १२ गते सार्बजनिक बिदा दिने भएकोले यसपटक धान दिवसमा बिदा नदिएको हो । ‘जुम्लामा चैत १२ गतेको आफ्नै विशेष महत्व छ, त्यसैले उतिबेला बिदा दिइनेछ,’ उनले भने, ‘अन्य जिल्लामा भने असार १५ मा धान दिवसको महत्व भएकोले बिदा दिइएको हो ।’