बुधबार, फागुन ९, २०८०

सुर्खेतमा आधुनिक डिजाइनको सिक्री कारखाना खुल्यो

  
कर्णाली टाइम्स बिहीबार, असार १८, २०७७

सुर्खेत । सुर्खेतमा आधुनिक डिजाइनको नयाँ सिक्री कारखाना खुलेको छ ।
सुरेन्द्र बराइलीले सञ्चालन गरेको असुडी ज्वलर्स नामक कारखानामा आधुनिक डिजाइनका सिक्री, अर्डर गरेको केहि घण्टामैं उपलब्ध गराउन सकिने छ ।
सुनचाँदी व्यवसायी संघ, सुर्खेतका सदस्य समेत रहेका बराइलीले ७ लाखको लागतमा उक्त कारखाना खोलेका छन् ।
कमललचयन, हारमा लगाउने पट्टा चयन र आधुनिक डिजाइनका नयाँ नयाँ सिक्री उत्पादन गरिने कारखानामा ३ जनाले रोजगार पाउने सञ्चालक बराइलीले बताए ।
बिहीबार सुनचाँदी व्यवसी संघ ,सुर्खेतका अध्यक्ष डम्मर सुनारले उद्घाटन गर्दै बजारमा आधुनिक नयाँ डिजाइनको माग दिनप्रतिदिन बढेकाले समग्र सुनचाँदी व्यवसाय र सरकारलाई फाइदा पुग्ने बताए ।