सुर्खेत । कर्णालीमा बिहिबार ६ जना कोरोना संक्रमित थपिएका छन् । ४९ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । भेरी अस्पताल बाँके र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला गरिएको परीक्षणमा कोरोना ६ जना संक्रमित फेला परेका हुन् ।
बिहीबारसम्म संक्रमितको संख्या एक हजार चार सय ७४ पुगेको छ । कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या एक हजार एक सय २७ जना पुगेको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार भेरी अस्पाताल बाँकेमा गरिएको परीक्षणमा ५ जना र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला गरिएको परीक्षणमा १ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ का ५२ वर्षीया पुरुष, ४ का ३३ पुरुष र ८ का ३४ वर्षीया महिला गरि ३ जना रहेका छन् । दैलेख महावु गाउँपालिका–४ का २५ वर्षीय पुरुष १ जना र स्याङ्जा वालिङ नगरपालिका–६ का १ जना रहेका कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।
त्यस्तै, स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोट पलाँता गाउँपालिका–३ का २३ पुरुषमा कोरोना संक्रमण देखिएको डा. तिवारीले जानकारी दिए ।
सुर्खेतको लेकबेसी नगरपालिकाको आइसोलेनसनबाट ३३ जना, गुर्भाकोट नगरपालिकाको आइसोलेसनबाट ९ जना, सिम्ला गाउँपालिकाको आइसोलेसनबाट ३ जना, सालकोट आइसोलेसनबाट २ जना र प्रदेश अस्पताल सुर्खेतबाट २ डिस्चार्ज भएको डा. तिवारीले बताए ।
कणालीमा कोरोना संक्रमित हुनेको कुल संख्या १ हजार ४७४ रहेको त्यसमध्ये १ हजार १२७ जनाले कोरोना जितेको डा। तिवारीले बताए । ‘अहिले सक्रिय बिरामीको संख्या ३४१ रहेको छ’ उनले भने, ‘कोरोनाका कारणले कर्णालीमा ६ जना मृत्यु भएको छ ।’