सोमवार, मंसिर १७, २०८१

कर्णालीका एक हजार दुई सय ३१ जना कोरोना मुक्त, दुई सय ६१ जना आइसोलेसनमा

  
जगतदल जनाला विक आइतवार, असार २१, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा आइतबार थप ९ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको संख्या एक हजार चार सय ९८ पुगेको छ । आइतबार दैखेखका ५ जना, सुर्खेत, सल्यान, चितवन र नवलपरासीका एक एक जनामा कोरोना पुष्टि भएको छ । आइतबारसम्म एक हजार चार सय ९८ संक्रमित मध्ये एक हजार दुई सय ३१ जना कोरोना मुक्त भई घर फर्किएका छन् । बाँकी दुई सय ६१ जना संक्रमितहरु प्रदेशका विभिन्न अस्पताल, तथा स्थानीय तहले तयार गरेका आइसोलेसनमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णालीमा कोरोनाबाट ६ जनाको मृत्यु भइसकेको छ ।

अन्य प्रदेशका कर्णालीमा जाँच गरेका ४९ जना रहेका छन् ।एक हजार तीन सय ५८ जना पुरुष र १४० जना महिलामा संक्रमण पुष्टि भएको छ ।
कर्णालीका मात्र हालसम्मको जम्मा १४४३ जना मध्ये जिल्लागत संख्या दैलेखमा ७८१ जना, सुर्खेतमा ५८ जना, सल्यानमा १९८ जना, कालिकोटमा ५० जना, जुम्लामा ३१ जना, जाजरकोटमा १३ जना, मुगुमा ३ जना, हुम्लामा २ जना, डोल्पामा ३ जना र रुकुमपश्चिममा १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत दुई चिकित्सक र अन्य सात जना स्वास्थ्यकर्मी कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण देखिएका कर्णाली प्रदेश अस्पतालका दुई चिकित्सक र अन्य ७ जना स्वास्थ्यकर्मी निको भएर आइतबार डिस्चार्ज भएको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति ।