बुधबार, माघ २३, २०८१

स्वास्थ्यकर्मीसहित कर्णालीका थप २० जनामा कोरोना पुष्टि, एक हजार दुई सय ९१ निको भए

थप २० जनामा कोरोना पुष्टि, एक हजार पाँच सय ५० संक्रमित मध्ये एक हजार दुई सय ९१ निको भए, मृत्यु ६ जना ।

  
जगतदल जनाला विक बुधबार, असार २४, २०७७

सुर्खेत । बुधबार कर्णाली प्रदेश अस्पतालमा कार्यरत २ चिकित्सक र २ जना स्वास्थ्यकर्मीसहित थप २० जनामा कोरोना पुष्टि भएको छ । हालसम्म कर्णाली प्रदेशमा संक्रमितको संख्या एक हजार पाँच सय ५० पुगेको छ । कोरोना पुष्टि हुनेमा सुर्खेतका१३ जना, दैलेखका ५ जना र मुगुका २ जना रहेका छन् । सुर्खेतका १३ जना, दैलेखका, २ जना र मुगुका २ जनालाई प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा परीक्षण गरिएको हो । यस्तै दैैलेखका ३ जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठा जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गरिएको थियो ।

एक हजार पाँच सय ५० संक्रमित मध्ये, एक हजार दुई सय ९१ जना कोरोना मुक्त भई घर फर्किएका छन् । बाँकी दुई सय ५३ जना संक्रमितहरु प्रदेशका विभिन्न अस्पताल, तथा स्थानीय तहले तयार गरेका आइसोलेसनमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए । कर्णालीमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।

यस्तो छ जिल्लागत संक्रमितहरुको संख्या
अन्य प्रदेशका कर्णालीमा जाँच गरेका ४९ जना रहेका छन् । कर्णालीका मात्र हालसम्मको जम्मा १५५० जना मध्ये जिल्लागत संख्या दैलेखमा ७८६ जना, सुर्खेतमा ३९७ जना, सल्यानमा २०० जना, कालिकोटमा ५० जना, जुम्लामा ३२ जना, जाजरकोटमा १६ जना, मुगुमा ५ जना, हुम्लामा २ जना, डोल्पामा ३ जना र रुकुमपश्चिममा १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधवार सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति ।