बिहीबार, फागुन १०, २०८०

वीरेन्द्रनगरको जंगलमा एक महिला मृत फेला

  
कर्णाली टाइम्स शुक्रबार, साउन ९, २०७७

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ को जंगलमा एक महिलाको शव भेटिएको छ । शुक्रबार बिहान मृत अवस्थामा महिलाको शव भेटिएको हो ।

दैलेख नारायण नगरपालिका–१ घर भई वीरेन्द्रनगर नगरपालिकास्थित इत्राममा डेरा गरि बस्ने २९ वर्षीया कल्पना केसीको शव भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए ।

मृतक केसी ५ महिनादेखि वीरेन्द्रनगरमा डेरागरि बस्ने गरेको प्रवक्ता बाँस्तोलाले जानकारी दिए । ‘घटनाका विषयमा अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने ।
मृतकको छातीमा मोवाइल नम्बर लेखिएको बताएपनि प्रहरीले मोबाइल नम्बर सार्वजनिक गरेको छैन ।
उनी २ छोराछोरीकी आमा रहेको र श्रीमान वैदेशिक रोजगारीमा छन् ।