सोमवार, मंसिर १७, २०८१

शनिबार कर्णालीका थप २७ जनामा कोरोना पुष्टि, २०६ जना उपचाररत

  
कर्णाली टाइम्स शनिबार, साउन १०, २०७७

सुर्खेत। शनिबार मात्रै कर्णाली प्रदेशका थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै कर्णालीमा हालसम्म कोरोना संक्रमित हुनेहरुको संख्या १८५१ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार शनिबार सुर्खेतको चौकुने गाउँपालिकाका ३ जना, गुर्भाकोटका २ जना, वीरेन्द्रनगरका ५ जना, चिंगाडका १ जनामा कोरोना देखिएको हो । दैलेखको आठबीस नगरपालिकाका १ जना, दुल्लु नगरपालिकाका १ जनामा पनि कोरोना देखिएको छ ।

कालिकोटको रास्कोट नगरपालिकाका २ जना, नरहरीनाथ गाउँपालिकाका १ जना, हुम्लाको नाम्खा गाउँपालिकाका १ जना, मुगुको खत्याड गाउँपालिकाका २ जना र जाजरकोटको भेरी नगरपालिकाका ६ जनामा शनिबार कोरोना पुष्टि भएको छ ।

बितेको २४ घण्टामा उपचारमा रहेका कोरोना संक्रमित मध्ये ५४ जना घर फर्किएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म कर्णालीमा १६३९ जना निको भई डिस्चार्ज भएका छन भने आइसोलेसनमा दुई सय ६ जना उपचाररत रहेका छन् ।

जसमध्ये सुर्खेतमा ३२ जना, दैलेखमा ९२ जना, जाजरकोटमा ५ जना, सल्यानका १९ जना, रुकुम पश्चिमका १२ जना, जुम्लामा १ जना, कालिकोटमा १३ जना र मुगुमा १ जना आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।

सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति ।