शुक्रबार, जेष्ठ ४, २०८१

सोमबार कर्णालीका थप ३१ जनामा कोरोना पुष्टी

  
जगतदल जनाला विक सोमवार, साउन १२, २०७७

सुर्खेत । सोमबार कर्णाली प्रदेशका थप ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

संक्रमित हुनेमा सुर्खेत चिङ्गाड गाउँपालिकाका १ जना, दैलेख दुल्लु नगरपालिकाका २८ जना र सल्यान कुमाख गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।

प्रदेश अस्पतालमा गरिएको परीक्षणमा १ जना, दैलेख अस्पतालमा गरिएको परीक्षणमा २८ जना र चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य शाखाका प्रमुख लक्ष्मी नारायण तिवारीले जानकारी दिए । यो संगै कर्णालीमा संक्रमितको संख्या एक हजार ९ सय ९० पुगेको छ ।

यस्तै सोमबार १४ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । प्रदेश अस्पताल सुर्खेतबाट ३ जना, सुर्खेतको वीरेन्द्रनगर आइसोलेसनबाट १० जना र स्वास्थ्य विज्ञान प्रष्ठिान जुम्लाबाट १ जना संक्रमणमुक्त भई घर फर्किएको डा. तिवारीले बताए । यो संगै एक हजार ६ सय ५८ जना संक्रमणमुक्त भएका छन् ।

हाल कर्णालीमा २ सय २६ जना सक्रिय संक्रमितको विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । हालसम्म कर्णाली प्रदेशमा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।