मंगलबार, जेष्ठ २९, २०८१

विद्यार्थी नेता बिसीले दिए साझा घरका बालबालिकालाई कपडा

  
कर्णाली टाइम्स बुधबार, साउन १४, २०७७


सुर्खेत। नेपाल विद्यार्थी संघ सुर्खेतका अध्यक्ष गौतम बिसीले साझा घर नेपालका बालबालिकालाई कपडा सहयोग गरेका छन् ।
वीरेन्द्रनगर–९ स्थित साझा घरमा रहेका १२ जना विपन्न तथा सडक बालबालिकालाई एक–एक जोरका दरले कपडा सहयोग गरेका हुन् ।
बुधबार उनका भाई पुष्प बिसीले साझा घर नेपालका सेवक तपेन्द्र विकलाई कपडा हस्तान्त्रण गरेका छन् ।


आर्थिक अवस्था कमजोर भएका विपन्न र सडक बालबालिकालाई कपडा सहयोग गर्न पाउँदा खुसी लागेको विद्यार्थी नेता बिसीले बताए ।
विश्वभर महामारीका रुपममा फैलिएको कोरोना भाइरसको कारण सरकारले गरिएको लकडाउनमा विभिन्न ठाँउहरुमा समस्यमा परेका नागरिकहरुलाई स्वास्थ्य तथा खाद्यान्नका सामग्रीहरु समेत सहयोग गरेका थिए ।
साझा घर नेपालमा बालबालिका, महिला, जेष्ठ नागरिक, अपाङ्ग र असाहय गरी २५ जना बस्दै आएका छन् ।