बुधबार, बैशाख १९, २०८१

कालिकोटको महाबैमा पहिराेले घर पुरिँदा बालिकाको मृत्यु, बालक बेपत्ता

  
कर्णाली टाइम्स बुधबार, साउन १४, २०७७
    फाइल तस्बिर

सुर्खेत । कालिकोटको  महाबै गाउँपालिकामा गएको पहिरोमा घर पुरिँदा १ जनाको मृत्यु भएको छ। बुधबार दिउँसो आएको पहिरोले महावै–७ मा रहेको तुल महताराको घर पुरिँदा ७ वर्षीया संगीता भण्डारीको मृत्यु भएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ वास्तोलाका अनुसार महताराको घर आँगनमा खेलिरहेका ६ जनामध्ये संगीताको मृत्यु भएको।

खेलिरहेकामध्ये १ जना गणेश महतारा वेपत्ता भएका छन् भने अरु ४ जना सामान्य घाइते छन्। उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको एसएसपी वास्तोलाले जानकारी दिए।

यस्तै बुधबार बिहान कालिकोटकै नरहरीनाथ गाउँपालिकामा गएको पहिरोमा ९ जनाको मृत्यु भएको छ। दुईवटा घर पुरिएकोमा एक घरका ७ जना र अर्को घरका २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सेताेपाटीबाट