शुक्रबार, असार १, २०८१

कालीकोट पहिरोमा परी मृत्यु भएका ६ जनाकै सनाखत

  
जगतदल जनाला विक शुक्रबार, साउन ३०, २०७७

सुर्खेत । कालीकोटको महाबै गाउपालिका–३ मा बिहीबार राति गएको पहिरोमा परी मृत्यु भएका ६ जनाको सनाखत भएको छ ।

पहिरोमा परी मृत्यु हुनेमा स्थानीय रजबहादुर विष्टका ४ छोराछोरी र उनका दाजु डिलबहादुर विष्टका २ छोरी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख (डिएसपी) श्यामबाबु ओलियाले जानकारी दिए ।

‘बिहीबार राती पहिरोमा परी मृत्यु भएका ६ जनाकै आज ( शुक्रबार) सनाखत भइसकेको छ,’ प्रमुख ओलियाले भने, ‘पोष्टमार्टमका लागि जिल्ला स्वास्थ्य कार्यालयको टोली घटनास्थलमा गइसकेको छ ।’

उनका अनुसार मृत्यु हुनेमा रज विष्टका १३ वर्षका छोरा पुष्प, ११ वर्षका प्रविण, १८ वर्षीया सविना, १५ वर्षीया छोरी आशा विष्ट रहेका छन् ।
त्यस्तै, डिलबहादुर विष्टकी १९ वर्षकी छोरी शान्ति र १० वर्षीया रेखा विष्टको पहिरोमा परेर मृत्यु भएको डिएसपी ओलीयाले जानकारी दिए ।